बागमती प्रदेशका १ हजार ५७५ जना द्वन्द पिडितलाई ३ करोड ९३ लाख रुपैया सहयोग
बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले १ हजार ५ सय ७५ जना द्बन्द्ब पिडितलाई ३ करोड ९३ लाख सहयोग गरेको छ ।
प्रदेशका १३ जिल्लाका द्बन्द्ब पिडित तथा विस्तापित परिवारका सदस्यलाई सहयोग रकम हस्तान्त्रण गरिएको हो । तीन वर्षको अवधिमा यो रकम सहयोग गरिएको मन्त्रालयले जनाएको छ ।
यस्तै प्रहरी चौकी निर्माणलाई पनि प्राथमिकता दिइएको मन्त्रालयले जनाएको छ । यो अवधिमा मन्त्रालयले ६ वटा प्रहरीचौकी निर्माण सम्पन्न गरेको छ । अन्य ४० वटा प्रहरीचौकी निर्माणधिन अवस्थामा रहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।
तीन वर्षको अवधिमा २४ वटा स्थानीय तहमा न्यायिक इजलास समिति गठनमा सहयोग गरिएको मन्त्रालयले जनाएको छ । “प्रदेश सरकारको पहिचान, निःशुल्क कानुनी जनसहायता अभियान” भन्ने नाराका साथ सरकारमा कमजोर पहुंच भएका स्थानीय तहमा कानुनी सहायता कार्यक्रम सञ्चालन गरिएको हो ।