समाजसेवी विकेशलाल श्रेष्ठको पहलमा १ सय जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण
मकवानपुरको कैलाश गाउपालिका वडा नम्बर २ कालिकाटार जेदुङ्ग भण्डारमा रहेको श्री ऋषेश्वर आधारभूत विद्यालयका १ सय जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरीएको छ ।
समाजसेवी तथा युवा व्यवसायी विकेशलाल श्रेष्ठको पहल तथा व्यक्तिगत ५० हजार रुपैया सहयोगमा बुधबार विद्यार्थीहरुलाई न्यानो कपडा (स्विटर) वितरण गरिएको हो ।
नेपाली कांग्रेस प्रतिनिधि सभा २ “ख” प्रदेशसभा क्षेत्रीय सभापति लोक मोक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै मोक्तानले विद्यार्र्थीहरुलाई सहयोग गर्न पाएकोमा खुशि व्यक्त गर्नुभयो ।
सो अवसर विद्यालयकी प्रधानाध्यापक सम्झना भट्टले सहयोग ग्रहण गर्दै धन्यवाद तथा आभार प्रकट गर्नुभयो ।