बाल विवाह नियन्त्रणका लागि प्रतिवद्ध छौंः विभिन्न धार्मिक संघ संस्थाका अगुवा

छहारी संवाददाता
माघ १४, २०७७

हेटौंडाका विभिन्न धार्मिक संघ संस्थाका प्रतिनिधिहरुले बाल विवाह नियन्त्रणका लागि प्रतिवद्ध रहेको बताएका छन् । मंगलबार सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय मकवानपुरले आयोजना गरेको कार्यक्रमा उपस्थित विभिन्न धार्मिक संघसंस्थाका प्रतिनिधिहरुले बाल विवाह नियन्त्रणका लागि प्रभावकारी कदम चाल्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

कार्यक्रममा मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले मकवानपुरमा बाल विवाहको अवस्था र त्यसको कानुनी व्यवस्था बारे कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

 

प्रहरी प्रमुख राठौरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईं, हेटौँडा–२ का वडा सदस्य महेश्वरमान श्रेष्ठ, हेटौँडा–४ मा रहेको भुवनेश्वर मन्दिरका अध्यक्ष जगन्नाथ पाण्डे, नेपाल तामाङ घेदुङ मकवानपुर सचिव आत्मराम मोक्तान, मकवानपुर इसाइ समाजका सचिव मिलन कँडेल, हेटौँडा जामे मस्जिदका अध्यक्ष जावेद हुसेन, कलाकार सुसान्त श्रेष्ठ लगायतकाले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक ईन्द्रबहादुर राना, प्रहरी निरीक्षक अमरप्रसाद गजमेर, अविनाश अधिकारी, राजकुमार सापकोटा लगायतका विभिन्न धार्मिक मठ मन्दिर तथा संघ संस्थाका प्रतिनिधिहरु सहभागीता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*