हेटौंडा उपमहानगरपालिकाका पाँच वटा वडा कार्यालय भवन निर्माण गरिदै

छहारी संवाददाता
माघ १४, २०७७

हेटौंडा उपमहानगरपालिकाको पाँच वटा वडा कार्यालय भवन निर्माण गर्न लागिएको छ । अहिले कार्यालय रहेको भवन जिर्ण, साघुरो तथा भाडामा रहेकाले नयाँ भवन निर्माण गर्न लागिएको हो ।

वडा नम्बर १४ को कार्यालय भवन निर्माण भइरहेको छ भने अन्य चार वटा वडा कार्यालय भवन निर्माण सुरु गर्ने तयारी रहेको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो । जिल्ला समन्वय समिति मकवानपुरसंगको साझेदारीमा हेटौंडाको वडा नंम्बर ७, ९, १२ र १३ वडा कार्यालय भवन निर्माण गर्न लागिएको मेयर महतले बताउनुभयो ।

बागमती प्रदेश सरकारबाट प्राप्त समपूरक अनुदान कार्यक्रमको ५ वटा स्वीकृत आयोजनाहरु मध्ये ४ वटा आयोजनाहरुको ठेक्का प्रक्रियाद्धारा निर्माण कार्य गर्न निर्माण व्यवसायी छनौट भई सम्झौताको अन्तिम चरणमा रहेको मेयर महतले बताउनुभयो । यसैगरी प्रदेश सरकारबाट हस्तान्तरित सशर्त अनुदानको १० वटा आयोजनाहरु मध्ये ७ वटा आयोजनाहरु उपभोक्ता समिति मार्फत कार्यान्वयन गर्ने गरी प्रक्रिया पुरा गरी कार्यान्वयनको चरणमा गएको छ ।

यस्तै जिल्ला समन्वय समिति मकवानपुर र हेटौडा खानेपानी व्यवस्थापन वोर्डसंगको साझेदारीमा १४ नम्बर वडामा निर्माण हुने बनेलधाप खानेपानी आयोजना सम्झौताको अन्तिम चरणमा रहेको छ । हेटौंडा–४ स्थित बासुदेव सभागृह रहेको स्थानमा आधुनिक, समय सापेक्ष, सुविधायुक्त सभागृह सहितको बहुउद्धेश्यीय व्यवसायिक कम्पलेक्स र भ्यूटावर निर्माणको लागि परामर्शदाता संस्थासंग सम्झौता भई विस्तृत परियोजना रिपोर्ट तयारीको अन्तिम चरणमा रहेको मेयर महतले बताउनुभयो ।

पुरानो बसपार्क क्षेत्र स्थित १० नम्बर वडा कार्यालय भवन रहेको स्थानमा आधुनिक सुविधायुक्त संरचना सहितको व्यवसायिक कम्पलेक्स भवन निर्माण गर्नका लागि बिस्तृत परियोजना तयार गर्ने कार्यको लागि परामर्शदाता संस्थासंग सम्झौता प्रक्रियाको अन्तिम चरणमा रहेको उपमहानगरपालिकाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*