माथिल्लो सदनमा पुग्यो ट्रम्पमाथि लागेको महाअभियोग प्रस्ताव
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लागेको महाअभियोगको प्रस्ताव तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले माथिल्लो सदन सिनेटलाई बुझाएको छ ।
तल्लो सदनका महाअभियोग व्यवस्थापकले सोमबार माथिल्लो सदनलाई ट्रम्पमाथिको महाअभियोग प्रस्ताव बुझाएका हुन् । योसँगै ट्रम्पमाथि दोस्रो पटक लागेको महाअभियोगको सुनुवाइ प्रक्रियाका लागि बाटो खुलेको छ ।
यही जनवरी ६ तारिखमा राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको जितलाई औपचारिकता दिन संसद बैठक बसेको बेला संसदमा हिंसात्मक आक्रमण भएको थियो । आक्रमणमा एक प्रहरी अधिकारीसहित पाँच जनाको ज्यान गएको थियो ।
ट्रम्पकै उक्साहटमा हिंसात्मक प्रदर्शन भएको आरोप लागेको छ । गएको २० तारिखमा ट्रम्प राष्ट्रपति कार्यालय ह्वाइट हाउसबाट बिदा हुनु भएको छ भने त्यही दिनदेखि बाइडेनले सत्ता सम्हाल्नु भएको छ ।