चीनमा कोरोनाका नयाँ सङ्क्रमित भेटिने क्रम जारी
चीनमा कोरोना भाइरसका नयाँ सङ्क्रमतिह भेटिएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी गराएका छन् । चीनभित्रै पनि सङ्क्रमणका नयाँ घटना भएका ती अधिकारीहरुले जनाएका छन् ।
उनीहरुकाअनुसार शनिबार मात्र चीनमा कोरोना भाइरसका ८० जना नयाँ सङ्क्रमित देखिएका हुन् । तीमध्ये थप ६५ जना स्वदेशमा नै पाइएको ती अधिकारीले जानकारी दिए । त्यस्तै अरु १५ वटा नयाँ घटना बाहिरबाट आएका पनि शनिबार जानकारी दिइएको हो, उज्यालो अनलाइनमा खबर छ ।
चीनको नेशनल हेल्थ कमिसनले शनिबार दिएको जानकारीअनुसार चीनमा शनिबार मात्र ८० जना नयाँ सङ्क्रमित भेटिएका र तीमध्ये ६५ जना चीनभित्रैका नागरिकमा पाइएको हो । यहाँका स्थानीय नागरिकहरुबाटै उनीहरु सङ्क्रमित भएका पाइएको समाचारमा जनाइएको छ ।
त्यही कारणले चीनले पछिल्लो समयमा कोरोनाको परीक्षणलाई तीव्रता दिएको जनाएको छ। चीनले कोरोनाबाट निको भएका नागरिकहरुको पुनः स्वास्थ्य जाँच गर्न सुरु गरेको छ । कोरोना पुनः हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले यस्तो कदम सुरु गरेको जनाएको छ ।