हेटौंडाको पार्किङ व्यवस्थीत बनाउदै ट्राफिक प्रहरी
हेटौंडामा देखिएको पार्किङ समस्यालाई व्यवस्थीत गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले केही स्थानमा नो पार्किङ बोर्ड राखेको छ ।
हेटौंडा उपमहानगरपालिकाको सहयोगमा शनिबार कान्तिराजपथ संगमचोक देखी मानसचोकसम्मका मुख्य स्थानमा १४ थान नो पार्किङ अंकित बोर्ड राखिएको मकवानपुर ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक प्रकाश पाण्डेले बताउनुभयो ।
मकवानपुरका सरकारी कार्यालय र क्याम्पस जान सोही मार्ग पर्ने भएकोले कान्तिलोकपथ देखी संगमचोक,मानसचोक सम्म १४ स्थानमा नो पार्किङ अंकित बोर्ड राखिएको उहाँको भनाइ छ।अत्याधिक सवारी चाप र अव्यवस्थित पार्किङ रहेकोले उक्त स्थानमा केही महिना देखि ट्राफिक प्रहरीले एकतर्फी पार्किङ लागु गरिसकेको छ।