कामधेनुको २२ औ साधारण सभा सम्पन्न
हेटौँडा-६ चुच्चेखोलामा रहेको कामधेनु बहुद्देश्यीय सहकारी संस्थाले आफ्नो २२ औ बार्षिक साधारण सभा सम्पन्न गरेको छ।
कोरोनाको जोखिमलाई मध्यनजर गर्दै माघ ८ गतेबाट सुरु भएको साधारण सभा शनिबार (आज) समापन भएको हो।
संस्थाका अध्यक्ष गौरव कुमार पराजुलीको सभाध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा हेटौँडा-६ का वडाध्यक्ष अर्जुन प्रसाद चौलागाईंको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा हेटौँडा ६ का वडासदस्य राज कुमार बास्तोला,हेटौँडा-१७ का वडासदस्य टिका प्रसाद तिमल्सिना, जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरका संचालक सदस्य हिमाल पौडेल,सहकारीका सल्लाहकार बासुदेव सापकोटा,निवर्तमान उपाध्यक्ष उदय विडारी, सहकारीका उपाध्यक्ष उदयप्रकाश दहाल,टोल विकास संस्था वडा समन्वय समिति हेटौँडा-६ का अध्यक्ष केशव धिताल,चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहका सदस्य शिव गौतम,
श्रीमदभागवत ज्ञान संचार वृद्धाआश्रम हेटौँडा-१७ का अध्यक्ष हरि प्रसाद सन्जेल नौलो विहानी सहकारी संस्थाका अध्यक्ष भरत सापकोटा,सहकारीका सेयर सदस्यहरुको उपस्थिति रहेको थियो।
समापन कार्यक्रममा सहकारीका लेखा संयोजक केदार गौतमले आर्थिक वर्ष २०७६।७७ को लेखा परीक्षण प्रतिवे त्यसैगरी सहकारीका अध्यक्ष गौरवकुमार पराजुलीले संस्थाको संथागत प्रतिवेदन,ॠण उप समिति संयोजक उदय प्रकाश दहाल ॠण उपसमितिको प्रतिवेदन र खुत्रुके बचत उप समिति संयोजक केशव प्रसाद अधिकारीले खुत्रुके बचत उप समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए।
कोभिड-१९ को जोखिम कायम रहेकोले बिहिबार बाट सुरु भएको बार्षिक साधारणसभा माघ १० गते शनिबार समापन गरिएको सहकारीका व्यवस्थापक भीमसेन पौडेलले जानकारी दिएका छन्।साथै आजको २२ औँ बार्षिक साधारण सभा मार्फत नयाँ नेतृत्व चयन। हुने पौडेलले बताएका छन् ।२०५५ सालमा स्थापना भएको सहकारीमा ५७६ सेयर सदस्यहरु रहेका छन्।