हेटौंडाको हर्नामाडी बजार अनुगमन, म्याद नाघेका सामान बरामद, ७५ हजार जरिवाना

छहारी संवाददाता
माघ १०, २०७७

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१८ हर्नामाडिमा बजार अनुगमन गरिएको छ । बजार अनुगमनका क्रममा यहाँको एक पसलमा म्याद नाघेका र अबैध सामान समेत बिक्रीका लागि राखिएको पाइएको छ ।

बजार अनुगमनका क्रममा हर्नामाडीको रचयिता सप्लायर्समा म्याद नाघेका सामान जफथ गरिएको छ । अबैध घरेलु मदिरा समेत बिक्रीका लागि राखिएकोले प्रहरीले वरामद गरेको अनुगमनमा सहभागि हेटौंडा उपमहानगरपालिकाका सामाजिक विकास महासाखाका प्रमुख भिम तिमल्सीनाले बताउनुभयो ।

धेरैजसो सामान म्याद नाघेको पाइएको छ । पसलेलाई नगद ७५ हजार रुपैयाँ जरिवाना समेत गरिएको उहाँले वताउनुभयो । म्याद नाघेका पेय पदार्थ, विभिन्न अरु सामग्री जफत गर्नुका साथै किराना पसल भित्र बिक्रिका लागि राखिएको घरेलु मदिरा १ सय ७०लिटर समेत जफत गरि नस्ट गरिएको हो ।

अनुगमन मा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख जगन्नाथ दाहाल,खाद्य प्रबिधी तथा गुण नियन्त्रण कार्यालयका प्रमुख शोम कान्त रिजाल, हेटौंडा उपमहानगर पालिकाबाट भिम तिमल्सिना ,उपभोक्ता हित संरक्षण मञ्चका बासु खतिवडा तथा प्रहरी चौकी ठोलोदमारका नारायण यादव लगाएतका को सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*