छैठौं हेटौंडा भेट्रान्स कपः फाईनलमा बगरभाई खलक र सानो गौचरण भिड्ने
मकवानपुरको हेटौंडामा जारी छैंठौ हेटौंडा भेट्रान्स कप ‘एट ए साइड’ फुटबल प्रतियोगिता अन्तर्गत आज भएका सेमीफाइनलका खेलहरुमा बगरभाई खलक पोखरा र सानो गौचरण फाइनलमा प्रवेश गरेका छन ।
आजको पहिलो सेमिफाइनल खेलमा बगरभाई खलकको तर्फबाट खेलको ३५ औं मिनेटमा मनोज गुरुङले गरेको गोलले बगरभाई खलक लाई फाइनलमा प्रवेश गराएको छ । खेलको म्यान अफ द म्याच पनि बगरभाई खलक पोखराका मनोज गुरुङ नै घोषित भएका छन ।
यस्तै आजको दोस्रो तथा अन्तिम खेल अन्तर्गत सानो गौचरण काठमाण्डौले हेटौंडा भेट्रन्स सुपर लाई २-१ गोल अन्तरमा पराजित गरेको छ । सानो गौचरण काठमाण्डौका तर्फबाट खेलको १७ औं मिनेटमा प्रमोद पाठकले गोल गरेका थिए भने १९ औं मिनेटमा नरेश श्रेष्ठले अर्को गोल फर्काएका थिए ।
खेलको ४२ औ मिनेटमा हेटौंडा भेट्रन्स सुपरका तर्फबाट जंगे बा जंगेवाले एक गोल फर्काए पनि अन्तत हेटौंडा भेट्रन्स सुपर पराजित भएको थियो । यो संगै शनिबार दिउसो २ बजे छैंठौ हेटौंडा भेट्रान्स कप ‘एट ए साइड’ फुटबल प्रतियोगिताको फाईनलमा बगरभाई खलक पोखरा र सानो गौचरण बिच प्रतिस्पर्धा हुने संयोजक कविन सांगामीले जानकारी दिनुभयो ।
नकआउट चरणमा खेलाईएको खेलको विजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैया तथा शिल्ड,दितिय हुने समुहले नगद ५१ हजार १ सय ११ रुपैया सहित शिल्ड र उत्कृष्ठ खेलाडीले १० हजार नगद पुरुस्कार प्राप्त गर्ने सांगामीले बताउँनुभयो । खेलमा उत्कृष्ट मिडफिलडर,फरवड्,डिफेन्डर,गोलकिपर र समुह कोचलाई समेत जनही ५ हजारका दरले पुरस्कार प्रदान गरीने जनाइएको छ ।