‘इङ्ल्यान्डमा हरेक आठमध्ये एक व्यक्ति कोभिड संक्रमित’

छहारी संवाददाता
माघ ६, २०७७

सन् २०२० को डिसेम्बरसम्म इङ्यान्डमा १२ प्रतिशत मानिस कोरोनाभाइरसमा संक्रमित भइसकेका एक अध्ययनले पुष्टि गरेको छ ।

यो सङ्ख्या नोभेम्बरमा नौ प्रतिशत रहेको अर्थात् एक महिनामा तीन प्रतिशतले वृद्धि भएको मङ्गलबार सार्वजनिक सरकारी एन्टिबडी परीक्षण तथ्याङ्कले देखाएको छ, देशसञ्चार डटकममा खबर छ ।

वैल्समा प्रत्येक १० मा एक जना, उत्तरी आयरल्याण्डमा हरेक १३ मा एक र स्कटल्याण्डमा हरेक ११ मा एक जनामा सङ्क्रमण भएको हुनसक्ने बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालय ९ओएनएस० को तथ्याङ्कले देखाएको छ।

बेलायतमा कोभिड–१९ को तेस्रो लहर छाएको छ र पछिल्लो समय देखिएका नयाँ प्रकारको भाइरस बढी सङ्क्रामक रहेको बताइएको छ।

सङ्क्रमण र मृत्युका घटनामा बढ्दो समस्याले थप चुनौती सर्जिना गरेको र मुलुकमा दैनिक कोभिड–१९ सङ्क्रमितको मृत्युको उच्च सङ्ख्या हुनुमा नयाँ प्रकारको कोभिड–१९ को सङ्क्रमण फैलिनु भएको हुनसक्ने भन्दै स्वास्थ्य प्रमुखहरूले अस्पतालका सघन उपचार कक्षहरूलाई सचेत बनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*