मेची महाकाली बुहारी संयुक्त आवाज मकवानपुरको अन्तरक्रिया सम्पन्न

छहारी संवाददाता
माघ ४, २०७७

मेची महाकाली बुहारी संयुक्त आवाज मकवानपुर शाखाले हेटौंडाको सहीद स्मारकमा पीकनिक तथा अन्तरक्रिया गरेको छ ।

कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र९इन्सेक०, मानव अधिकार समूह, हेटौंडाकी संयोजक चन्द्रावती पनेरुको प्रमुख आतिथ्य तथा मेची–महाकाली बुहारी संयुक्त आवाज मकवानपुरकी उपाध्यक्ष मन्जु फुयाँलको सभाध्यक्षतामा भएको थियो ।

कार्यक्रममा मेची महाकाली बुहारी संयुक्त आवाज मकवानपुरकी सहसचिव बविता उदासले संस्थाले जिल्लाका गरेको कामको बारेमा जानकारी गराउनु भएको थियो । मेची महाकाली बुहारी संयुक्त आवाज मकवानपुरकी सदस्य राधा सापकोटाले सहजिकरण गर्नु भएको कार्यक्रममा साधारण सदस्य दीपलक्ष्मी खरेल लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

मुख्य कार्यालय झापामा रहेको मेची महाकाली बुहारी संयुक्त आवाज गतवर्ष मकवानपुरमा गठन भई क्रियाशील छ । सुस्मिता केशी हत्याकाण्ड लगायत महिलामाथि हुने हिंसा र भेदभाव विरुद्ध संस्थाले सशक्त रुपमा आवाज उठाउँदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*