मकवानपुरगढीको बुढीचौरमा नयाँ पर्यटकिय गन्तब्य निर्माण गरिदै

गाउँपालिकाको अगुवाइमा २ करोड ५० लाखमा ऋषेश्वर गुफा र खुडेधार पदमार्ग निर्माणका लागि काम भइरहेको छ ।
छहारी संवाददाता
पुस २६, २०७७

मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ बुढीचौरमा ऋषेश्वर गुफा र खुडेधार विस्तारका लागि काम भइरहेको छ । बागमती प्रदेश सरकार र मकवानपुरगढी गाउँपालिकाको २ करोड ५० लाख रुपैयाँ लागतमा यस क्षेत्रमा काम भइरहेको हो ।

गाउँपालिकाले यस क्षेत्रलाई नयाँ पर्यटकिय गन्तव्य निर्माण गर्ने अभियान अनुसार काम सुरु गरेको छ । अहिले पनि यस क्षेत्रमा घुम्नका लागि आन्तरिक पर्यटक आउने गरेका छन् । अझै यसलाई थप व्यवस्थित बनाएर काम गर्न लागिएको गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईले वताउनुभयो ।

बागमती प्रदेश सरकार र गाउँपालिकाको २ करोड लगानीमा यस क्षेत्रमा पदमार्ग, कोषेलीघर, सौचालय, गाडेन, टिकटघर, सुरक्षाका लागि छानो लगाउने लगायतका काम गरिएको अध्यक्ष हुमागाईले वताउनुभयो ।

त्यसैगरी ऋषेश्वर गुफाका लागि गाउँपालिकाले ४० लाख रुपैयाँ लागतमा चालु आर्थिक वर्षमा काम गर्न लागिएको छ । ऐतीहासिक पदमार्ग निर्माणका लागि पनि काम सुरु गर्न लागिएको छ । पदमार्ग निर्माणका लागि मात्र चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ गाउँपालिकाले छुट्याएर काम गर्ने तयारी गरेको उहाँले वताउनुभयो ।

यस क्षेत्रमा मुर्तिहरु निर्माण गर्ने लगायतका काम पनि गर्न लागिएको छ । अझै यसका लागि बन्जीजम्प निर्माण गर्नका लागि पनि काम गर्ने तयारी गरिएको छ । नयाँ र आकर्षक गन्तव्य निर्माण लागि आफुहरु लागिपरेको उहाँले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*