मकवानपुरको कैलाश गाउँपालिकामा अस्थायी परिवार नियोजन सेवा

छहारी संवाददाता
पुस २१, २०७७

मकवानपुरको कैलाश गाउँपालिकामा अस्थायी परिवार नियोजन सेवा दिइएको छ । दुइवटा भन्दा धेरै बच्चा जन्माउने परिपाटीको अन्त्य गर्नका लागि गाउँपालिकामै शिबीर सञ्चालन गरेर अस्थायी परिवार नियोजन सेवा दिइएको हो ।

महिलाहरुका लागि पाखुरामा राखिने नरप्लानको सेवा कैलाशको गोगले स्वाथ्यचौकीमा दिइएको गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले वताउनुभयो । यो सेवाबाट एकै दिन ४४ जना महिलाले सेवा लिएका छन् । सन्तानको रहर पुगेका महिलाले गाउँमै आएको अस्थायी परिवार नियोजन सेवामा आर्कसित भएको अध्यक्ष मोक्तानले वताउनुभयो ।

कैलाश गाउँपालिकामा अहिले राखिएको शिबीर, पुरुष बन्ध्याकरण सेवाका कारण धेरै बच्चा जन्माउने प्रचलन घट्दै गएको छ । कैलाशबाट हेटौंडा अस्पताल र यहाँका स्वाथ्यसंस्थामा आउनका लागि धेरै टाढा पर्ने, बास बस्नुपर्ने बाध्यता भएकाले गाउँमानै यो सेवा दिइएको अध्यक्ष मोक्तानले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*