पदबाट राजीनामा नदिएको उपाध्यक्ष बिष्टको दाबी
मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला विष्ठले आफुले पदबाट राजीनामा नदिएको दाबी गर्नु भएको छ । नदिएको राजिनामा स्वीकृत भएको भन्ने समाचार फेक भएको समेत बताउनुभयो । राजिनामा दिएको नभइ त्यो कुनै कर्मचारीले बनाएको फेक पत्र हुन सक्ने भएकाले यसका विरुद्ध आफु अदालत जाने उहाँले बताउनुभयो ।
अहिले पनि आफु नियमित काममा रहेको उहाँले बताउनुभयो । आज दिउसो हेटौंडामा पत्रकार सम्मेलन गर्दै उपाध्यष विष्ठले यो अहिलेको समस्या पार्टी फुटको समस्या पनि हुन सक्ने बताउनुभयो । अहिले आफुमाथी अन्याय भएको उहाँले बताउनुभयो । जानेर लेखेर आफुले राजिनामा नदिएको बताउनुभयो । राजिनामा दिएको र स्वीस्कृत भएको भन्ने कुरा फेक भएको उहाँले जिकीर गर्नु भयो ।
मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला बिष्टको राजिनामा गाउँपालिकाले स्वीकृत गरेको छ । मंसिर २९ गते गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीलाई दिएको राजिनामा स्वीकृत भएको हो । २० दिन अगाडी दिइएको राजीनामा आज स्वीकृत भएको हो । उपाध्यक्ष बिष्टको राजिनामा शुक्रबार स्विकृत भएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो ।