बागमती प्रदेशको प्रदेशसभा बैठक आगामी माघ ७ गते बस्ने
बागमती प्रदेशको प्रदेशसभा बैठक आगामी माघ ७ गते बस्ने भएको छ । शुक्रबार बसेको बागमती प्रदेशको मन्त्रीपरिषद्को बैठकले आगामी माघ ७ गते प्रदेश सभा आह्वान गरेको हो ।
मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकलले माघ ७ गते प्रदेश सभा बैठक आह्वान गर्न बागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई सिफारिस गर्ने निर्णय गरेको हो । गत पुस १० गते मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता भइसकेको छ ।
माघ ७ गतेको प्रदेश सभा बैठकमा सो अविश्वासका प्रस्तावक सांसद शालिकराम जम्कट्टेलले सभामा प्रस्ताव पेश गर्नेछन् । त्यस लगतै बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिनेछन् । यदि मुख्यमन्त्री पौडेलले विश्वासको मत लिन नसकेमा उनी पदमुक्त हुनेछन् ।
यसअघि बागमती प्रदेशका ३ जना मन्त्रीले सामुहिक राजिनामा दिइसकेका छन् । राजिनामा पछि प्रहेशको सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय मन्त्री बिहीन छ।