संसद विघटनको सिफरिस राष्ट्रपतिबाट स्विकृत भइपछि नेविसंघ मकवानपुरद्धारा विरोध प्रदर्शन
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको संसद विघटनको सिफरिस राष्ट्रपतिले स्विकृत गरेपछि नेपाल विद्यार्थी संघ मकवानपुरले विरोध प्रदर्शन गरेको छ ।
नेपाल विद्यार्थी संघका केन्द्रीय महामन्त्री प्रभात कुमार दाहालको नेतृत्वमा रहेका युवा विद्यार्थीले केपी ओलीको कदमको विरुद्ध नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।
आइतबार दिउँसो हेटौंडा २ स्थित नेपाली कांग्रेस पार्टी कार्यालयबाट निस्किएको विद्यार्थीको जुलुस पल्पसाहल,मेनरोड, हुँदै बुद्धचोकमा पुगेर सकिएको छ । उनिहरुले ओलि तेरो पाराले दुख पायो साराले ,केपीओली मुर्दावाद लगाएतका नारा लगाएका थिए ।
प्रदर्शनमा केन्द्रीय महामन्त्री दाहाल सहित नेपाली कांग्रेस मकवानपुरका जिल्ला सदस्य एवम् विद्यार्थी विभाग प्रमुख राजीव सुवेदी,नेपाल विद्यार्थी संघ मकवानपुरका अध्यक्ष राजु खतिवडा, क्षेत्रीय सभापति सुवास सापकोटा, विद्यार्थी नेताहरु मिलन पुडासैनी, सन्तोष चौलागाईं लगायतको सभागिता रहेको थियो।
उनिहरुले ओली सरकार विरुद्ध नाराबाजी गर्दै संसद विघटनको सिफारिस संविधानको हित विपरीत रहेको जनाएका छन्।