एकिकृत ग्रामिण बिकास सेवा मकवानपुरको आयोजनामा वैदेशिक रोजगारीको प्रभाव सम्बन्धी अन्तरक्रिया सम्पन्न
एकिकृत ग्रामिण बिकास सेवा मकवानपुरको आयोजनामा हेटाँैडा उपमहानगरपालिका वडा नम्बर १७ मा बैदेशिक रोजगारीको प्रभाव सम्बन्धी अन्तरक्रिया कार्यक्रम शुृक्रबार सम्पन्न भएको छ ।
अन्तराष्ट्रिय आप्रवासन दिवस २०२० को अवसरमा कार्यक्रम भएको हो । एकिकृत ग्रामिण बिकास सेवा मकवानपुरकी अध्यक्ष सिता विष्टको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटाँैडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतको प्रमुख आतिथ्यता रहेको थियो । सुरक्षित बैदेशिक रोजगारीमा जाने मानिसहरुलाई सुरक्षित आप्रवासन परियोजना अन्र्तगत परामर्श र सहजिकरण गर्ने काम गर्दे आएको परियोजनाकी संयोजक अन्जिता थापा मगरले बताउनुभयो । कारोना भाईरसका कारण रोजगारी खोसिएका ,कम्पनि बन्द भएका र भिसा अवधि सकिएका कारण रोजगारी गुमाएका ६८ वटा घटना दर्ता भएकोमा ३० वटाको सहजिकरण गर्न सफल भएको संयोजक थापाले बताउनुभयो । एकिकृत ग्रामिण बिकास सेवा मकवानपुरले हेलभेटास नेपालको प्राविधिक सहयोगमा संञ्चालन गरेको सुरक्षित आप्रवासन परियोजना हेटाँैडा उपमहानगरपालिका ,थाहा नगरपालिका ,बकैया र मनहरी गाँउपालिकामा संञ्चालन भैरहेका छन् । कार्यक्रममा हेल्भेटास नेपालकी कार्यक्रम अधिकृत उमा पौडेल ,मानसिक स्वास्थ तथा परामशृ केन्द« हेर्टाँैडाकी सुपरभाईजर विष्णु कुमारी वाईवा ,हेटाँैडा उपमहानगरपालिका वडा नम्बर १७ का अध्यक्ष भैरब राई , वडा नम्बर १८ का अध्यक्ष अनिल बाँनिया लगाएतकाको उपस्थिति थियो ।