बालमैत्री स्थानिय तह नितिगत अबलम्बन गाँउपालिका स्तरीय २ दिने अभिमुखिकरण सम्पन्न

छहारी संवाददाता
पुस १, २०७७

बालमैत्री स्थानिय तह नितिगत अबलम्बन गाँउपालिका स्तरीय २ दिने अभिमुखिकरण कार्यक्रम बुधबार भिमफेदीमा सम्पन्न भएको छ । गाँउपालिकाका अध्यक्ष हिदम लामाको सभाध्यक्षतामा भएको हो ।

कार्यक्रममा अध्यक्ष लामाले बालमैत्री स्थानिाय तह घोषण गर्न पुरा गर्नुपर्ने ३९ ओटा सुचकको वडा तहबाटै अध्ययन गर्नुपर्ने बताउनुभयो । उहाँँले दुई दिनको कार्यक्रममा आफुले सिकेको सिकाईलाई ब्यबहारमा उतार्नुपर्ने बताउनुभयो ।

यस्तै गाँउपालिका उपाध्यक्ष पावर्ति रानाले अब विभिन्न विषयगत शाखाहरुका प्रमुखहरु र सरोकारवालाहरुलाई यस महाअभियानमा मेहेनतका साथ लाग्न अपिल गर्नुभयो । कार्यक्रममा २०७८ कार्तिक मसान्तसम्ममा पालिका घोषणा गर्ने प्रतिबद्धता समेत गरिएको थियो ।

कार्यक्रममा गाँउपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत लगाएत सम्पुर्ण सहभागीहरुले बालमैत्री स्थानिय तह घोषण गर्न पुरा गर्नुपर्ने सुचकहरुको अध्ययन गरी कार्यान्वयनमा तहमा लैजाने प्रतिबद्धता जनाएका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*