समाज पुरानो हत्या हिंसाको बाटोमा फर्कन लागेको भन्दै प्रधानमन्त्री ओलीद्धारा चिन्ता व्यक्त

छहारी संवाददाता
मंसिर २३, २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा हत्या हिंसाको विकराल कालखण्ड फर्काउने कोशिस भइरहेको भन्दै सबैलाई सचेत हुन आग्रह गरेका छन्।

काठमाडौँको दक्षिणमा रहेको सुवर्णकिर्ती महाविहारमा जेष्ठ नागरिक आवास गृहको शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले समाज पथभ्रष्ट हुँदै पुरानो हत्या हिंसाको बाटोमा फर्कन लागेको बताए, देशसञ्चारले लेखेको छ।

पछिल्लो समय समाज दिग्भ्रमित भएको भन्दै प्रधानमन्त्री ओलीले बुद्धका उपदेशलाई इमान्दारिताका साथ पालना गर्न आग्रह गरे। मोरङको मिक्लागुङ्गमा भएको हत्याको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले हत्या हिंसाको पुरानो कालखण्ड दोहोरिन लागेको बताए। आफ्नो सरकारले यस्ता गतिविधि हुन नदिनेतर्फ सचेत रहेको पनि उनले बताए।

कार्यक्रममा प्रधानमन्त्री ओलीले देशमा अहिले राजनैतिक समस्या निम्त्याउन खोजिएको पनि बताए। राजनैतिक समस्या निम्त्याउन बलजफ्ती प्रयास भएपनि सफल नहुने पनि बताए।

प्रधानमन्त्री ओलीले बुद्धका उपदेशले नै संसारमा मैत्री, करुणा र भाइचाराको सम्बन्ध स्थापित भएको बताए। प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्यले जेष्ठ नागरिक भवन निर्माणका लागि ५ लाख रुपैयाँ सहयोग भएकी छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*