बागमती प्रदेशको राजधानी हेटौंडामा राजसंस्था र हिन्दुराष्ट्रको माग गर्दै शक्ति प्रदर्शन
बागमती प्रदेशको राजधानी हेटौंडामा पनि “राजा आउ,देश बचाउ” को नारा लगाउँदै शक्ति प्रदर्शन गरिएको छ ।
आईतबार प्रदेशको राजधानी हेटौंडामा नेशनल डेमोक्रेशी अलाईन्स (एनडिए) ले राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा गरेको शक्ति प्रदर्शनमा करिब एक हजार जनाको सहभागीता रहेको थियो ।
मोटरसाईकल तथा साना सवारी ¥यालीमा अधिकाशं मानिसहरु मकवानपुरसहित बारा,पर्सा,रौतहट,चितवनका राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का निकट युवाहरुको बढी सहभागिता रहेको थियो । उनिहरुले नपालको राष्ट्रिय झण्डा बाकेर हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा नारा जुलुस लगाउँदै हेटौंडा परिक्रमा गरेका थिए ।
उनिहरुले “अखण्ड नेपाल जिन्दावाद,स्वाभिमान नेपाली जनता जिन्दावाद,हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ,धर्म निरपेक्षता खारेज गर,संघियता खारेज गर,२०४७ सालको संविधान लागु गर,२०७२ सालको संविधान खजेर गर” लगाएतका नाराहरु लगाएका थिए ।
पछिल्लो समयमा देशभर राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा नारा जुलुस लगाउँदै प्रदर्शन भईरहेको छ । यसअघि राजावादी समूहले पोखरा र जनकपुरमा समेत प्रदर्शन गरिसकेको छ ।