रूपचन्द विष्ट स्मारक समितिकाे चाैथाे साधरणसभा हेटौंडामा सम्पन्न
रूपचन्द विष्ट स्मारक समितिकाे चाैथाे साधरणसभा अाज हेटौंडामा भएकाे छ ।
सभामा बाेल्दै समितिका अध्यक्ष तथा प्रत्यायाेजित ब्यवस्थापन तथा सरकारी अाश्वासन समितिका सभापति रामनारायण बिडारीले याे समितिले सत्य र ठिक अंगाल्ने दश प्रतशत मात्र नागरिक बनाउन सके मुलुक इन्साफे विकासे ब्यवस्थामा परिणत हुने बताए । नेपालमा याे समितिकाे जरुरी किन छ भने तत्कालीन युगकै दार्शनिक राजनितीज्ञ रूदानेकाे सिधाान्त बर्तमान पुस्तामा पुर्याउन जरुरी छ, उनले भने, आजकाे दिनमा रूदानेकाे बिचारकाे थप महत्त्व बढेकाे छ ।
साधरणसभाले कार्यक्रम,अाय ब्यय पारित तथा लेखापरीक्षण प्रतिवेदन पारित गरेकाे छ । साधरणसभामा समितिका सदस्यहरू लवशेर विष्ट, एकराज उप्रेती,नरेन्द्र रिजाल, रामहरि सुवेदी,शुक्र राजथला,धर्म राजथला,स्वस्थी राजथला लगायतको सहभागीता थियाे । समितिकाे हेटौंडा ११ स्मारक राेडमा अाफ्नै भवन सहितकाे कार्यालय रहेकाे छ ।