प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ ।
ज्वरो, रुघाखोकी र चिसोले सताएपछि उहाँलाई आइतबार बिहान ललितपुरको धापाखेलमा रहेको सुमेरु अस्पतालमा भर्ना गरिएको हो ।
डाक्टर युवराज शर्मालगायतको टोलीले उहाँको उपचार गरिरहेको छ । लामो समयदेखि सुगर, प्रेसर, पाठेघरको समस्याबाट पीडित दाहाललाई ज्वरो, रुघाखोकी र चिसोले सताएको परिवारले बताएका छन् ।