मकवानपुरका तीन वनस्पति उद्यानमा ६५० प्रजातिका वनस्पतिको वंशाणु स्रोत संरक्षित

छहारी संवाददाता
मंसिर १३, २०७७

मकवानपुर जिल्लामा रहेको तीन वटा वनस्पति उद्यानहरुमा ६ सय ५० प्रजातिका वनस्पतिहरुको वंशाणु स्रोत संरक्षित रहेका छन् ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ मा रहेको वनस्पति अनुसंधान केन्द्र, मकवानपुरको थाहा नगरपालिकाको दामन र टिष्टुङमा रहेको वनस्पति उद्यानहरुमा ६ सय ५० प्रजातिका वनस्पतिहरुको वंशाणु स्रोत संरक्षित रहेका हुन् ।

बिभीन्न किसीमका अध्ययन, अनुसंधान, प्रविधि विकास तथा प्रवद्र्धन गर्ने उदेस्यले यस संस्थाको स्थापना गरिएको वनस्पति अनुसंधान केन्द्र, मकवानपुरका प्रमुख रघुराम पराजुलीले जानकारी दिनुभयो, जनपत्रमा समाचार छ ।

विभाग अन्तरगत देशैभर जम्मा ११ वटा मध्य मकवानपुरमा मात्र तीन वटा रहेको उहाँले वताउनुभयो । अरु सात वटा मकवानपुर जिल्ला भन्दा बाहिरका जिल्लामा छन् । वनस्पतिको स्रोत संरक्षण गर्नका लागि यस कार्यालयले प्रमुख भुमिका खेल्दै आएको पराजुलीलले बताउनुभयो

यस कार्यालयमा स्वस्थानीय र परस्थानीय वनस्पतिको संरक्षण गरिदै आएको उहाँले वताउनुभयो । यसैगरी वनस्पति अनुसंधान केन्दको हाता भित्र विभीन्न जडीबुटीका नर्सरी रहेका छन् । यस नर्सरीमा हर्रो, बर्रो, अमला, तेजपात, श्रखण्ड, सुगन्ध, अर्जुना, चिउरी, कट्टर, वयरका विरुवाहरु रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*