पदमपोखरीमा विभिन्न पार्टी परित्याग गरी ४ सय २५ जना कांग्रेसमा प्रवेश
हेटौंडा उपमहानगरपालिका १३ पदमपोखरी ठूलोथलीमा नेकपा राप्रपालगायत विभिन्न पार्टी परित्याग गरी ४ सय २५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेस १३ नम्बर वडा ईकाईको आयोजना र नेपाल तरुण दल हेटौंडा १३ को सहकार्यमा शुक्रबार भएको भेला तथा पार्टी प्रवेश कार्यक्रममा नेकपाका नेताहरु श्यामबहादुर थिङ्ग र सञ्चलाल मुक्तानसहित हेटौंडा १३ को थिङ टोल, घलान टोल, वाईबा टोल, मजुवा, पदमपोखरी बजारका नेकपा र राप्रपाका ४ सय २५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
कांग्रेस हेटौंडा १३ का वडा सभापति चम्फुरत्न लामाको सभाध्यक्षता तथा नकांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा भेला तथा पार्टी प्रवेश कार्यक्रम भएको थियो ।
नवप्रवेशीलाई पार्टीमा स्वागत गर्दै नेता बानियाँले नेपालका कम्युनिष्टले सपनैसपना आश्वासन मात्रै बाडेको बताउँदै गरिव, मजदुर, किशानको नाममा राजनीति गरी जनतालाई झुक्याएको बताउनुभयो ।
प्रचुर बहुमत ल्याएर सत्तामा पुगेको कम्युनिष्ट सरकार ३ वर्षमा चरम भ्रष्टचारको दलदलमा फसेको भन्दै नेता बानियाँले कांग्रेसले ईतिहासदेखि अहिलेसम्म बोलेको कुरा पु¥याएको बताउँदै कांग्रेस परिवर्तनको बहाक रहेको बताउनुभयो ।
नेपालको राजनीतिमा कम्युनिष्टको काम भनेको जनतालाई सपना देखाउने र नेताहरुको श्रीमती तथा छोराछोरीको नाममा सम्पत्ति थुपार्ने काम मात्रै गर्ने ब्यवहारबाट देखिएको बताउँदै नेता बानियाँले कांग्रेसले अफ्ठ्यारो परिस्थितिको सामना गर्दै समयअनुसार जनचाहना बमोजिम राणा, राजा फाल्दै हिंसामा रहेको माओवादीलाई सत्तामा ल्याएर संविधानसभाको निर्वाचन गरी संविधान दिलाएको स्मरण गराउनुभएको थियो ।
नवप्रवेशीलाई सदस्यता दिएर कांग्रेसमा स्वागत गर्दै कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बानियाँले योग्यता क्षमता र लगनशिलताको आधारमा पार्टीमा उचित भूमिका दिईने बताउनुभयो ।
कार्यक्रममा कांग्रेस मकवानपुरका उपसभापति विष्णुप्रसाद लामिछाने, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सचिव बुद्ध लामा, प्रवक्ता प्रदिप कोइराला, सल्लाहकार उमा दाहाल, क्षेत्रीय सभापति तारानाथ चौलागाई, क्षेत्रीय सदस्य लक्ष्मी थिङ्ग, नगर सभापति आनन्दराम पराजुली, तरुण दल नगर सभापति सुनिल गिरी, श्यामबहादुर थिङ्गलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
भेला तथा पार्टी प्रवेश कार्यक्रममा मकवानपुर जिल्ला सचिव आनन्द कठायत, सल्लाहकार भरत पराजुली, जिल्ला सदस्यहरु राजिव सुवेदी, भीमबहादुर भोम्जन, ईन्दिरा न्यौपाने, भीमसेन महत, सुनिल दाहाल, तरुण विभाग संयोजक एवं जिल्ला सदस्य अर्जुन तिवारी, सुनिल अधिकारी, क्षेत्रीय उपसभापति गणेशहरि उप्रेती, हेटौंडा उपमहानगर नगर कोषाध्यक्ष कविन सांगामी, कृष्ण थिङ्ग, नेविसंघ जिल्ला अध्यक्ष राजु खतिवडा, तरुण जिल्ला सचिव सचित थापालगायत पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।