छठ पर्वको मुख्य दिन आज अस्ताउदो सुर्यलाइ अर्घ दिइयो( तस्वीरहरु)
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वको मुख्य दिन आज अस्ताउदो सूर्यलाई अर्घ्य दिएर मनाइएको छ । भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन गरिन्छ । यसवर्ष कोरोना भाइरस (कोभिड—१९) का कारण ठूलो संख्यामा भेला नहुन सरकारले आग्रह गरेको छ। यद्यपि प्रदेश १ र २ का विभिन्न स्थानमा धुमधामका साथ मनाइदैछ ।
आज रातभर नदी किनारमा हालिएको पालमुनि जाग्राम बसेर बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिइन्छ। छठ पर्वको व्रत बस्नाले मनोकाङ्क्षा पूरा हुने, छाला एवं आँखाको रोग नलाग्ने धार्मिक विश्वास छ । छठ पर्वको पहिलो दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाएर अलिकति व्रतालुले प्रसादस्वरुप खाने र नुन नखाएरै एक छाक फलाहार गरिन्छ । यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने र भोलिपल्ट उदाउँदो सुर्यलाइ अर्घ दिएपछि व्रत समापन हुन्छ।