मनहरीमा एकै वर्षमा १४६ वटा सडक निर्माण

छहारी संवाददाता
मंसिर २, २०७७

मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा वितेको आर्थिक वर्षमा एक सय ४६ वटा सडक निर्माणका योजना सकिएका छन् । सडक निर्माणमा पीच गर्ने, सडकमा स्लाब ढलान गर्ने, नयाँ ट्रयाक खोल्ने लगायतका काम भएको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो ।

पुर्वाधार विकासका काम मध्यमा धेरैजसो रकम सडक निर्माणको क्षेत्रमा खर्च भएको छ । वितेको आर्थिक वर्षमा नसकिएका धेरै योजना चालु आर्थिक वर्षमा सक्नेगरी तयारी थालिएको उहाँले बताउनुभयो ।

यसैगरी मनहरी गाउँपालिकाको सबै वडामा गरी वितेको आर्थिक वर्षमा ३५ वटा खानेपानीका योजना निर्माण भएका छन् । बोरिङ गरेर पानी तान्ने, मुहानबाट पाइप मार्फत पानी ल्याउने लगायतका ३५ वटा योजना सकिएको अध्यक्ष उप्रेतीले बताउनुभयो ।

मनहरीमा वितेको आर्थिक वर्षमा ७१ वटा भवन निर्माणका काम भएका छन् । विद्यालयका साना खालका भवन, सहकारीका भवन, सार्वजनिक संघसंस्थाका भवन, स्वास्थ्य कार्यालयका भवन, वडा कार्यालयका भवन लगायतका ७१ वटा भवन निर्माणको काम भएको उहाँले बताउनुभयो । चालु आर्थिक वर्षमा पनि भवन निर्माणको कामले तिव्रता पाउने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*