नेसनल गोल्ड एचडी टेलीभिजनले काग तिहारबाट परीक्षण प्रशारण शुरु गर्ने

छहारी संवाददाता
मंसिर २, २०७७

बागमती प्रदेशको राजधानी हेटौडाको पहिलो स्याटेलाइट टेलिभिजनकोरुपमा प्रशारणको तयारीमा रहेको नेसनल गोल्ड एचडी टेलीभिजनले काग तिहारको दिनबाट परीक्षण प्रशारण शुरु गर्ने भएको छ ।

केहीदिनअघि सूचना तथा सञ्चार मन्त्रालयले हेटौंडाको सर्वोत्कृष्ट मिडिया प्रालिलाई प्रदेश राजधानीकै पहिलो स्याटेलाइट टेलिभिजनकोरुपमा भू–उपग्रह तथा केवल च्यानलमार्फत प्रसारण गर्ने गरी इजाजत पत्र प्रदान गरेको थियो ।

इजाजत प्राप्त भएसँगै प्रशारणको तयारी थालेको टेलिभिजनको काग तिहारको दिनबाट परीक्षण प्रशारण प्रारम्भ गरिने मिडिया प्रालिका प्रवन्ध निर्देशक उज्ज्वल चौलागाईले जानकारी दिनुभयो । उहाँका अनुसार भूउपग्रहको माध्यमबाट प्रसारण गरिने टिभि सिग्नललाई सि–ब्याण्डमा हेर्न सकिने छ । भूउपग्रह थाइकम–५ च्यानलमार्फत टेलिभिजनलाई संसार भर हेर्न सकिने उहाँको भनाई छ ।

हाल सरकारले नेपाली, हिन्दी, अंग्रेजी तथा विभिन्न राष्ट्र भाषाहरुमा २४ एै घण्टा मनोरञ्जनात्मक तथा जानकारीमूलक सामाग्रीहरु प्रसारण गर्न पाउनेगरी इजाजत दिएको उहाँले बताउनुभयो । “ काग तिहारको दिनबाट टेलिभिजन परीक्षण प्रशारण गर्न जमर्को गरेका छौँ । हामीपनि काग जस्तै सहि सूचनाको वहाककारुपमा आउने इमान्दार प्रयत्न गर्ने छौँ ” प्रवन्ध निर्देशक चौलागाईले भन्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*