हैटौंडाका ५४ वर्षीय कोरोना संक्रमितको उपचारका क्रममा भरतपुरमा मृत्यु
मकवापुरका एकजना कोरोना संक्रमित पुरूषको उपचारका क्रममा चितवनको भरतपुरमा मृत्यु भएको छ ।
हैटौंडा उपमहानगरपालिका ४ का ५४ वर्षीय पुरूषको भरतपुर अस्पतालमा सोमबार दिउँसो मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । सोमबार नै कोरोना संक्रमण पुष्टि भएका उनलाई ज्वरो, खोकी र श्वासप्रश्वाशमा समस्या देखिएपछि अस्पतालको कोभिड आईसीयूमा भर्ना गरिएको थियो ।
यसअघि, आइतबार साँझ पनि मकवानपुर बकैया( ७ का ६० वर्षीय कोरोना संक्रमित पुरूषको भरतपुर अस्पतालमै उपचारका क्रममा मृत्यु भएको थियो ।