महासंघको सुदृढीकरणका लागि मैले उम्मेदवारी दिएको हुुँः अरुणराज सुमार्गी

छहारी संवाददाता
कार्तिक २२, २०७७

मुुलुकका औद्योगिक, व्यावसायिक घरानाहरू अझ भनौं सम्पूर्ण उद्योगीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ यतिखेर निर्वाचनको तयारीमा जुुटेको छ ।

उद्योगीहरूको सीधा सम्बन्ध मुुलुकको समग्र अर्थतन्त्र, वैदेशिक लगानी, उत्पादन र रोजगारी, भौत्तिक पूर्वाधार र मुुलुुकको दिगो आर्थिक विकास र समृद्धिसँग जोडिएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रि रूपमा पनि नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनले विशेष अर्थ राख्छ ।

औद्योगिक क्षेत्रमार्फत मुुलुकको समग्र आर्थिक विकास र समृद्धिसँग जोडिनका लागि व्यवसायी अरुणराज सुमार्गीले पनि नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका छन् ।

हुुन त विभिन्न जिल्ला तथा नगरका उद्योगी–व्यवसायी साथीहरूले यसपल्ट नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा उपाध्यक्ष पदमा उठ्न सुझाव दिनुुभएको थियो । तर उहाँहरू सबैको सुुझाव, सल्लाह र आफ्नो पनि स्वविवेक प्रयोग गरेर मैले महासंघको यसपालिको चुुनावमा केन्द्रीय सदस्यमा उठेको हुँ— व्यवसायी अरुणराज सुमार्गी भन्छन् ।

यो पदमा उठ्दा सुमार्गीको जित सुनिश्चित छ । अरुणराज सुमार्गी त्याग, तपस्या र सालीनताले गर्दा केन्द्रीय सदस्यमा उठेका हुन् । सुमार्गीसँग सबै पक्षलाई मिलाएर लान सक्ने क्षमता छ । त्यही क्षमताले गर्दा नै सुमार्गी समूहले आजका दिनसम्म आइपुुग्दा यो तहसम्मको व्यापारिक उचाइ हासिल गरेको हो— सुमार्गी भन्छन् ।

नेपाल उद्योग वाणिज्य महासंंघका अध्यक्ष सुरज वैद्य रहेको अवस्थामा मध्यमाञ्चल उद्योग वाणिज्य संघको अध्यक्षसमेत भएका सुमार्गीसँग विभिन्न समयमा महासंघका चारवटा अध्यक्षसँग मिलेर काम गरेको अनुभव रहेको छ । व्यावसायिक दक्षता एवं मुुुलुुकको सिंगो अर्थतन्त्रको ज्ञाताको रूपमा समेत चिनिँदै आएका सुमार्गी मुुलुुकको अर्थराजनीतिक विश्लेषक पनि हुुन् ।

मुुलुकको समसामयिक अर्थतन्त्रको बारेमा सुमार्गीद्वारा लेखिएका विभिन्न लेखहरू विभिन्न सञ्चार माध्यमहरूमा प्रकाशित हुुने गरेका छन् । यसका अतिरिक्त मानव स्वास्थ्यमा निकै नै महत्व राख्ने ध्यान र योगका समेत ज्ञाता रहेका सुमार्गीसँग महासंघको गरिमालाई अझ उचाइमा पु¥याउन सक्ने क्षमता छ ।

सबैलाई मिलाएर लान सक्ने क्षमता उनीसँग छ । यिनै कारणहरू आफ्नो जितलाई सुनिश्चित गर्ने आधारहरू हुुन्— व्यवसायी सुमार्गी भन्छन् । समाजसेवी, अर्थशास्त्रको राम्रो ज्ञान भएको व्यक्ति, मुुुलुकको दिगो आर्थिक विकास र समृद्धिका बारेमा विभिन्न आर्थिक लेखहरू लेखेका कारण कारण सुमार्गीको परिचय बदलिएको छ ।

व्यवसाय त सबैले गरेका छन् तर व्यवसायबाट माथि उठेर सुमार्गीले समाजलाई सही दिशामा लानका लागि प्रभाकारी भूमिका खेलेका छन् । यसले गर्दा पनि महासंघको आगामी नेतृत्वमा सुमार्गीको ठोस भूमिका आवश्यक छ, यो भूमिकालाई परिपूर्ति गर्नका लागि चुुनावी मैदानमा आफूलाई जिताउनैपर्छ— उनी भन्छन् ।

टेलिकम, ऊर्जा, उत्पादन, शिक्षा, सञ्चार, बैंकिङ, अध्यात्मलगायतका क्षेत्रमा सुमार्गीका झन्डै दुुई दर्जन उद्योग–व्यवसायहरू सञ्चालित छन् । यी उद्योग–व्यवसायमार्फत सुमार्गीले मुुलुकको राष्ट्रिय अर्थतन्त्र, उत्पादन र रोजगारीलगायतका क्षेत्रमा निकै ठूलो योगदान दिएका छन् ।

उनको यो योगदानलाई अझ फराकिलो पार्नका लागि पनि नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा सुमार्गीको जित सुनिश्चित हुुनुुपर्ने सुमार्गी निकट उद्योग–व्यवसायीहरू बताउँछन् । सुमार्गीलाई सबै क्षेत्रमा उद्योग व्यवसायीहरूको साथ र सहयोग रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*