गाैरिटार आइसाेलेसनका संक्रमितहरुलाइ दिवा खाजा सहयोग
महिला सशक्तिकरण तथा गरिबी निवारण समूह नेपालकी अध्यक्ष तथा नेपाली काङ्ग्रेस नेतृ ईन्दिरा न्याैपानेले गाैरिटारकाे आइसाेलेसनमा रहेका काेभिड १९ का संक्रमितहरुलाइ आज दिवा खाजा वितरण गर्नु भएकाे छ ।
निरन्तर सामाजिक कार्यमा संलग्न न्याैपानेले अाफ्नाे संयाेजकत्वमा लायन्स क्लव अफ डायमण्डका अध्यक्ष गाैतम केशिकाे सहकार्यमा उक्त आइसाेलेसमनमा रहेका विमारिहरुका लागि १३० प्लेट खाजा (म:म) वितरण गर्नुभएकाे हाे ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पताल र हेटौंडा उपमहानगरपालिकाको सहयोगमा संचालनमा रहेको हेटौंडा–६ गौरीटारमा अवस्थित
आइसोलेसनमा उपचाररत संक्रमितहरुका लागि खाजा वितरण गर्दै उहाँले संकमितहरुलाइ अात्मविश्वास बृद्वि गर्न हाैसला प्रदान गर्नुभएकाे थियाे ।
कार्यक्रममा बाेल्दै न्याैपानेले काेराेना भाइरसकाे संक्रमणलाई धेरै ठुलाे राेगकाे रुपमा लिन नहुने र अात्तिनु नहुने बताउनुहुँदै सामाजिक दुरि कायम गरि अाफुलाई सचेत राख्ने हाे भने नियन्त्रण हुने जानकारि गराउनुभयाे ।
कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष तथा लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ नेपाल एरिया–२ का सचिव जे.पी यादब, क्लबका डाइरेक्टर शंकर नकर्मी, क्लबका सचिव इरोज न्यौपाने, सुजन तिवारी लगायतकाको उपस्थिति रहेको थियो ।