बागमती प्रदेशमा ७६ हजार बढीको पीसीआर परिक्षण गर्दा १२ हजार ५१५ जनामा संक्रमण पुष्टि

छहारी संवाददाता
भदौ २५, २०७७

बागमती प्रदेशमा अहिलेसम्म ७६ हजार भन्दा बढी पीसीआर परिक्षण गर्दा १२ हजार ५ सय १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणबाट बागमती प्रदेशमा ९० जनाको मृत्यु भइसकेको छ ।

कोरोनाको शंका लागेका र संक्रमितसंग कन्ट्रयाक टे«सिङमा परेकाहरुको अहिले सम्म ७६ हजार ५ सय १४ जनाको पीसीआर परिक्षण गरिएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हिजो एकै दिन ५ सय १५ जनामा संक्रमण पुष्टि भएको थियो । यो अहिलेसम्मकै बढी हो । कोरोना संक्रमणबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी पनि प्रभावित भएका छन् ।

बागमती प्रदेशमा ५ हजार ९७ जना कोरोना संक्रमित उपचार पछी विभिन्न अस्पतालबाट डिस्चार्ज भएको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो । नेपालभरीमा ४९ हजार २ सय १९ जना कोरोना संक्रमित हुँदा यस प्रदेशमा कुल संक्रमितको २५ दशमलव ४३ प्रतिशत देखा परेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*