कोरोना अपडेटः बागमती प्रदेशमा हालसम्म ८१ जनाको मृत्यु
पछिल्लो दिनमा कोरोना भाइरस संक्रमबाट मृत्यु हुने दर बढेको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुषोत्तम राज सेढाईले बताउनु भएको छ । उहाँका अनुसार बागमती प्रदेशमा कोरोना संक्रमणबाट हालसम्म ८१ जनाको मृत्यु भइसकेको छ ।
कोरोनाबाट मृत्यु भएकाहरु अधिकांश अन्य विभीन्न रोगले थलिएका व्यक्ति रहेको र धेरैजसो काठमाण्डौं उपत्यका र चितवनमा उपचारको क्रममा मृत्यु भएको सेढाईले जानकारी दिनुभयो । विभीन्न रोगले थलिने र स्वाशप्रस्वासमा समस्या आएपछी संक्रमितको मृत्यु हुने गरेको छ ।
कोरोनाबाट धेरै बृद्धबृद्धाको मृत्यु भएकाले उनीहरुले सावधानी अपनाउनुपर्ने डाक्टर सेढाईको सुझाव छ । विभिन्न रोगले थलिएकाहरुलाई कोरोना संक्रमण भएपछि बचाउन मुस्किल भएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।