कोरोना अपडेटः मकवानपुरमा थप ७२ जनामा संक्रमण पुष्टि,
२ वर्षका बालक देखि ७३ बर्षिय बृद्धासम्म संक्रमित
मकवानपुरमा आइतबार एकै दिन थप ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित अधिकांश हेटौंडा उपमहानगरपालिका क्षेत्रका छन् ।
कैलाश गाउँपालिकाका ४ जना, मकवानपुर गढी गाउँपालिकाका २ जना, भीमफेदी गाउँपालिका क्षेत्रका ४ जना र अन्य सबै हेटौंडा उपमहानगरपालिका क्षेत्रका रहेको हेटौडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो । २ वर्षका बालक देखि ७३ वर्षिय बृद्धासम्मलाई संक्रमण देखिएको छ ।
यही भदौ १९ गते स्वाब संकलन गरिएका २ सय ७५ जना मध्य ७२ जनामा संक्रमण देखा परेको भोला चौलागाईले जानकारी दिनुभयो । आज थपीएका संक्रमितमा ४३ जना पुरुष र २९ जना महिला रहेका छन् ।