मकवानपुरमा कोरोना संक्रमितको संख्या ६३३ पुग्यो
मकवानपुर जिल्लामा कोरोना संक्रमितको संख्या ६ सय नाघेको छ । जिल्लामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको कूल संख्या ६ सय ३३ जना पुगेको हो ।
मकवानपुरमा कोरोनाको शंका लागेकाहरुका जाँच तिव्र रुपमा भइरहेको बागमती प्रदेशको समाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तम राज सेढाईले जानकारी दिनुभयो । मकवानपुरका दश वटा स्थानीय तह मध्यमा सबै भन्दा धेरै हेटौंडा क्षेत्रमा कोरोना संक्रमित देखा परेका छन् ।
मनहरी गाउँपालिका, थाहा नगरपालिका, भीमफेदी गाउँपालिका, मकवानपुर गढी गाउँपालिकामा कोरोना संक्रमित धेरै देखापर्न थालेका हुन् । पछिल्लो एक सातामा मकवानपुर जिल्लामा संक्रमित धेरै देखिन थालेका हुन् ।