कोरोना अपडेटः हेटौंडाको बर्जर पेन्ट्सका ११ जना मजदुरमा संक्रमण पुष्टि
हेटौंडा औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेको बहुराष्ट्रिय कम्पनी बर्जर पेन्ट्समा कार्यरत ११ जना मजदुरलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरुलाई हेटौंडाको होटल सुर्याशंमा राखिएको छ ।
काठमाण्डौँको विएनबी अस्पतालको टोलीले गरेको परिक्षणको क्रममा ११ जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो । होटलमा कोरोनाको शंकास्पद थप १४ जनालाई समेत राखिएको उहाँको भनाई रहेको छ ।