चितवनमा सोमबार मृत्यु भएका तीनै जनाको कोरोना पुष्टि

छहारी संवाददाता
भदौ १६, २०७७

चितवनको भरतपुर अस्पतालमा सोमबार दिउँसो मृत्यु भएका तीन जनाको कोरोना भाइरस संक्रमण पष्टि भएको छ ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका उनीहरूको अस्पतालमा केही घण्टाको फरकमा मृत्यु भएको थियो । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ का ६५ वर्षीय पुरूष, १८ वर्षीया युवती र पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ की ५५ वर्षीया महिला छन् । उनीहरूमा ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

दुई जनाको मृत्यु भइसकेपछि कोरोना परिक्षणको लागि नमूना संकलन गरिएको थियो । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा राति गरिएको परीक्षणमा उनीहरुको कोरोना रिपोर्ट पोजिटिभ आएको हो । यसअघि, सोमबार बिहानै भरतपुर अस्पतालमा एक जना ७८ वर्षका कोरोना संक्रमित वृद्धको मृत्यु भएको थियो ।

योसँगै चितवनमा मृत्यु हुनेको संख्या १६ पुगेको छ । जसमध्ये चितवनका मात्रै ९ जना रहेका छन् । बाँकी मकवानपुरका तीन, बारा, गोरखा, नवलपरासीका १–१ जना छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*