हेटौंडामा फुड बैंक (खाध्यान्न आदानप्रदान) कार्यक्रम संचालन

“हुनेले दिएर जाऔं, नहुनेले लिएर जाऔं”
छहारी संवाददाता
भदौ १५, २०७७

हेटौंडामा फुड बैंक९ खाध्यान्न आदानप्रदान कार्यक्रम ० संचालनमा आएको छ ।

मदन भण्डारी फाउण्डेशन मकवानपुरले कोरोना महामारीका कारण दैनिक गुजारा चलाउन नसकेर अप्ठ्यारोमा परेका श्रमजिवी तथा विपन्न परिवार, कोरोना संक्रमित र उनका परिवारलाई लक्षित गरेर फुड बैङ अभियान संचालनमा ल्याएको हो । “हुनेले दिएर जाऔं नहुनेले लिएर जाऔं” भन्ने अभियान सुरु गरेको फाउन्डेसनका जिल्ला सदस्य शिवहरी दाहालले जानकारी दिनुभयो ।

आज देखि फाउण्डेशनले हेटौंडाको कपुर कमप्लेक्स ९अटोल्याण्ड० चोकमा फुड बैंक सञ्चालन गरेको हो । नहुनेले फुड बैंकबाट निशुल्क खाद्यन्न ९चामल, दाल, नुन र तेल० केहि दिनलाई पुग्ने लान पाउने छन् भने आफू सङ्ग भएका सहयोगी दाताहरुले त्यहाँ खाद्यन्न सहयोग गर्न पाउने दाहालले बताउनुभयो ।

फुड बैंक बिहान ७ बजे देखि ९ बजेसम्म खुल्ने छ । सोमबारबाट सुरु भएको खाध्यान्न आदानप्रदान कार्यक्रमको उद्द्घाटन फाउण्डेशनका अध्यक्ष एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले गर्नुभएको थियो ।

कार्यक्रमको सुरुवात गर्दै प्रमुख खुलालले काम गर्न नपाएर कोही पनि भोकै बस्नु नपरोस् भनेर फाउण्डेसनले सामाजिक उत्तरदायित्व स्वरुप यस्तो अभियान सञ्चालन गर्न लागेको बताउनुभयो । यसका साथै अभियानले आवश्यक्ताका आधारमा जिल्लामा सञ्चालनमा रहेका आइसोलेसन, क्वारेन्टाईनहरुमा समेत सहयोग गर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा जिल्ला सहकारी संघमा अध्यक्ष नारायण देवकोटा, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, हेटौंडा ९ का वडा अध्यक्ष लक्ष्मण भण्डारी, हेटौंडा ४ का वडा अध्यक्ष नविन सिग्देल, फाउन्डेसनका सचीव आशाकाजि श्रेष्ठ, सदस्य उत्तम न्यौपाने, भवानी शर्मा, रमिला सापकोटा, कमल बिश्वकर्मा, समाजसेवी दिपेन्द्र चन्द ठकुरी, नरेन्द्र भण्डारी, समिम खान, लगाएतको सहभागिता रहेको थियो । आज उद्घाटन कार्यक्रमबाट २५ जना लाभान्वित भएको दाहालले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*