हेटौडाको कोरोना परिक्षण प्रयोगशालामा हालसम्म २० हजार बढी स्वाब संकलन

छहारी संवाददाता
भदौ १५, २०७७

बागमती प्रदेशको राजधानी हेटौडामा सञ्चालित कोरोना भाइरस परिक्षण प्रयोगशालामा हालसम्म २० हजार १ सय ७६ जनाको विभिन्न रोगका नमुना संकलन भएको छ ।

हेटौंडा उपमहानगरपालिका १० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा सञ्चालित प्रयोगशालामा प्राप्त नमुना मध्य धेरै जसो कोरोना परिक्षणका लागि संकलित स्वाब भएको केन्द्रले जनाएको छ । पछिल्लो समय विभिन्न जिल्लाबाट कोरोना जाँचका लागि नमुना ल्याइने भएपछि चाप अत्याधिक बढ्दा परिक्षण गर्न समय लाग्ने गुनासो पनि बढेको छ ।

प्रयोगशालामा देखिएका केही प्राविधिक समस्या र स्वाब संकलन धेरै भएर पालो पर्खनुपर्ने बाध्यता छ । संक्रमितहरु अधिकांश मकवानपुर, तराइको बारा, पर्सा र रौतहट जिल्लाका छन् । कोरोनाको महामारी सुरु भएदेखि हालसम्म बागमती प्रादेशीक ल्यावमा २० हजार भन्दा बढीको कोरोना जाँच गरिएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*