कम्प्युटर एसोसिएसन नेपाल (क्यान) मकवानपुरद्वारा ४ दिने अनलाइन ट्रेनिङ सुरु

छहारी संवाददाता
भदौ १४, २०७७

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ जिल्ला शाखा मकवानपुरले ४ दिने अनलाइन ट्रेनिङ सुरु गरेको छ । आइतबारदेखि ४ दिनसम्म बागमती प्रदेशका शिक्षकहरुलाई निशुल्क एडभान्स एमएस पावरपोइन्ट अनलाइन ट्रेनिङ सुरु गरेको क्यान महासंघ जिल्ला शाखा मकवानपुरका सचिव दिनेश रिजालले बताए ।ट्रेनिङको सुरुवातमा क्यान मकवानपुरले जुमबाट भर्चुअल मिटिङ्ग गरेको थियो । क्यानका जिल्ला शाखा मकवानपुर अध्यक्ष पुष्पराज पुडासैनीको सभाध्यक्षतामा भएको औपचारिक कार्यक्रममा प्रमुख अतिथि क्यान महासंघका केन्द्रीय उपाध्यक्ष रंजित पोदार, विशिष्ट अतिथि क्यानका केन्द्रीय सचिव शेखरनाथ दुलाल तथा बागमती प्रदेशका बिभिन्न जिल्लाका अध्यक्षलगायतको सहभागिता रहेको थियो ।

आजदेखि ४ दिनसम्म चल्ने अनलाइन ट्रेनिङमा प्रदेशका विभिन्न जिल्लाका शिक्षकहरुको सहभागिता रहने क्यान मकवानपुरका सचिव रिजालले जानकारी दिए । ट्रेनिङमा क्यानका सदस्य श्रवण श्रेष्ठले प्रशिक्षण दिईरहेको बताइएको छ ।

शैक्षिक क्रियाकलाप र पठनपाठन आइटी र मल्टिमेडिया केन्द्रित हुनुपर्ने आजको आवस्यकता भएकाले हाल मुलुक कोरोना भाइरसको माहामारीले थलिएका बेला यसलाई अवसरको रुपमा लिदै शिक्षकहरुलाई पावरपोइन्टको अनलाइन ट्रेनिङको आयोजना गरेको उनले बताए ।

अनलाइन ट्रेनिङमा विभिन्न जिल्लाका ६८ जनाको सहभागिता रहेको क्यान महासंघ मकवानपुरले जनाएको छ । साथै ट्रेनिङ पश्चात प्रमाणपत्र पनि वितरण गरिने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*