कोरोना अपडेटः हेटौडाकी संक्रमित महिलाको मृत्यु

छहारी संवाददाता
भदौ १३, २०७७

हेटौडाकी कोरोना संक्रमित एक महिलाको आज चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । मिर्गौला रोगबाट पीडित हेटौंडा ५ की ४९ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

डायलाइसिसका लागि ती महिलालाई साउन २७ गते चितवन मेडिकल कलेज पुर्याइएको थियो । सोही क्रममा कोरोना परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । चितवनमा कोरोनाबाट नौ जनाको मृत्युु भएको छ । जसमा चितवन जिल्लाका चार जना, मकवानपुरका तीन जना, कैलाली र गोरखाका एक–एक जना छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*