मकवानपुरमा शुक्रबार एकै दिन ६२ जनामा कोरोना संक्रमण पुष्टि
मकवानपुरमा शुक्रबार एकै दिन ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संघीय सरकारले सञ्चालन गरेका प्रयोगशाला र बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले सञ्चालन गरेका प्रयोगशालामा गरेर ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो । मकवानपुर स्थायी घर भइ अन्य जिल्लामा कामको शिलशिलामा वसोवास गरेकाहरुको पनि यसै तथ्याङकमा समावेस गरिएको छ ।
मकवानपुर जिल्लाका संक्रमित हुनेहरुमा हेटौंडा प्रयोगशालामा २७ जना, धुलीखेल प्रयोगशालामा ४ जना, काठमाण्डौको टेकु लगायतका संघीय सरकारले सञ्चालन गरेका बिभीन्न प्रयोगशालामा गरी ३१ जनामा कोरोना संक्रमण भएको उहाँले जानकारी दिनुभयो । यस प्रदेशमा प्रदेश सरकार आफैले सञ्चालन गरेका प्रयोगशाला हेटौंडा र धुलीखेलमा मात्र हुन् ।
चितवन, काठमाण्डौ लगायतका जिल्लामा संघीय सरकारले सञ्चालन गरेका प्रयोगशालमा पनि मकवानपुर स्थायी घर भएका नयाँ संक्रमित थपीएको डाक्टर सेढाईले वताउनुभयो । मकवानपुर घर भएकाहरु प्नि उपचारको क्रममा अन्यत्र जिल्लाका अस्पतालमा जाने र स्वाब परिक्षणका लागि दिने र रिपोर्ट त्यही आएपछी संघीय सरकारको स्वास्थ्य मन्त्रालयमा जाने र बागमती प्रदेशका जिल्लाको रिपोर्ट भने प्रदेश सरकारलाई पनि प्राप्त हुने गरेको छ ।