हेटौंडाका कोरोना संक्रमितको अवस्था पत्ता लगाउन लागि मोवाइल ट्रेसिङ सुरु
हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र कोरोना भाइरसको संक्रमण भई होम आइसोलेसनमा बसेकाहरुको फोन ट्रेसिङको काम सुरु गरिएको छ ।
हेटौंडा अस्पतालले शुक्रबारबाटै होम आइसोलेसनमा रहेकाहरुको मोवाइल एप मार्फत संक्रमितहरुको टे«सिङको काम सुरु गरेको अस्पतालका सुपरीटेण्डेन डाक्टर प्रविण श्रेष्ठले जानकारी दिनुभयो ।
कोरोना संक्रमित विरामी घरबाट बाहिर निस्कने गरेको गुनासो आएकाले फोन टे«सिङको काम सुरु भएको डाक्टर श्रेष्ठले बताउनुभयो । हेटौंडाको वडा नम्बर ४, १ र ६ मा फोन ट्रेसिङको काम भइरहेको बताउनुभयो ।