चितवनमा हेटौंडाकी संक्रमित महिलाको ज्यान गयो

छहारी संवाददाता
भदौ १२, २०७७

चितवन मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका १९ कि ७१ वर्षीया महिलाको आज विहान मृत्यु भएको कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।

उनलाई ७ गते चितवन मेडिकल कलेजमा उपचारका लागि ल्याइएको र परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको थियो, अनलाइन खबरले लेखेको छ । उनी दम र निमोनियाको समेत बिरामी थिइन् ।

अहिले कलेजको आईसीयूमा २० जना उपचाररत छन् । तीमध्ये ३ जनाको भेन्टिलेटरमा राखेर उपचार जारी रहेको कलेजका निर्देशक डा। लम्सालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*