हेटौंडाको किटजन्य रोग अनुसन्धान केन्द्रमा १९ हजार ५ सय ४६ जनाको कोरोना परिक्षणका लागि स्वाब संकलन
हेटौंडा १० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा हाल सम्म १९ हजार ५ सय ४६ जनाको कोरोना परिक्षणका लागि नमुना प्राप्त भएको छ ।
डाक्टरको सल्लाहमा कोरोनाको शंका लागेका वा संक्रमतिको कन्ट्रयाक टे«सिङका आधारमा हेटौंडाको ल्यावमा कोरोना परिक्षण हुँदै आएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो । कोरोनाको शंका लागेमा हेटौंडाका १९ वटै वडा र उपमहानगरपालिकाबाट समेत आम नगरवासीहरुका लागि सहजीकरणको काम भइरहेको मेयर महतले बताउनुभयो ।
नमुना प्राप्त भएका मध्य धेरै जसोको कोरोना परिक्षण गरिएको छ । पछील्लो समय विभिन्न जिल्लाबाट कोरोनाको जाँच गर्न नमुना ल्याइने क्रम बढेसंगै यस प्रयोगशालामा धेरै चाप थपिएको छ । हालसम्म कोरोना परिक्षण गरिएका मध्य अधिकांश तराइका जिल्लाबाट ल्याइएका नमुनामा रहेका छन् । संक्रमितहरु अधिकांश तराइको बारा, पर्सा, रौतहटका छन् ।
पछील्लो समय मकवानपुरको हेटौंडा र गाउँपालिका क्षेत्रका नागरिकको पनि स्वाव परिक्षण गर्न ल्याउनेक्रम बढेको छ । प्रयोगशालामा देखिएका केही प्राविधिक समस्या र स्वाब संकलन धेरै भएर पालो पर्खनुपर्ने बाध्यता पनि छ ।
कोरोनाको महामारी सुरु भएदेखि हालसम्म हेटौंडाको बागमती प्रादेशीक ल्यावमा १९ हजार जना भन्दा बढीको कोरोना जाँच गरिएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो । आइसोलेसनमा रहेर पीसीआर परिक्षणको रिपोर्ट नेगेटिभ प्राप्त भएपछी मात्र डिस्चार्ज गर्ने गरिएको छ ।