हेटौंडामा आज ९४ जनाको स्वाब संकलन
बागमतीको प्रदेशका राजधानी हेटौंडामा आज ९४ जनाको स्वाबको नमूना संकलन गरिएको छ । हेटौंडा–४ कर्रा आइसोलेसन वार्डमा आज विहिबार ९४ जनाको कोरोना पसरक्षणका लागि स्वाब संकलन गरीएको हो ।
आइसोलसन वार्डका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईका अनुसार १४ जना कोरोना संक्रमितको पुनः परिक्षणको लागि र ८० जना नयाँ व्यक्तिहरुको आज स्वाबको नमूना संकलन गरिएको हो ।
उक्त संकलित स्वाब कोरोना परिक्षणको लागि हेटौंडा–१०, स्थित प्रादेशिक प्रयोगशालमा पठाइएको चौलागाइले जनाकारी दिए ।