किसानको हितको लागी कृषि र भेटनरी छुट्टाछुट्टै हुनुपर्ने माग

राजकुमार केसी
भदौ ११, २०७७

किसानको हितको लागी कृषि र भेटनरिको सेवा छुट्टाछुट्टै हुनुपर्ने केन्द्रिय दुग्ध सहकारी संघ लि. का अध्यक्ष नारायण प्रसाद देबकोटाले बताउनुभएको छ ।

बागमती प्रदेश सरकारले कृषि र भेटनरी तथा पशु सेवाका सम्पुर्ण निकाय एवम् कार्यालयहरुलाइ एकीकृत गरि एकद्वार प्रणालिबाट सेवादिने उद्देश्यका साथ कार्य अगाडी बढाएकोमा सो कार्य तत्काल अगाडी नबढाउन बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणी पौडेललाइ ध्यानाकर्षण गराएको छ ।

संघका केन्द्रिय अध्यक्ष नारायण प्रसाद देवकोटा र महासचिब रामप्रसाद आचार्यले बुधबार एक बिज्ञप्ति जारी गरि बागमती प्रदेश सरकारले कृषि र भेटनरी तथा पशु सेवाका कार्यहरु छुट्टाछुट्टै हुनुपर्ने कुराको जानकारी गराउनुभएको छ ।

एकीकृत सेवा दिन जटिल हुने र परिणाममुखी कार्य नहुने भएकोले हाललाई एकीकृत सेवा दिने कार्य अगाडी नबढाउन संघका केन्द्रिय अध्यक्ष देवकोटाले बताउनु भयो ।
उहाँले कृषि र भेटनरी सेवालाइ छुट्टाछुट्टै रुपमा अझ प्रभावकारि र ब्यवस्थित बनाउन समेत अनुरोध गर्नुभयो ।

कृषि र भेटनरीको एकीकृत सेवा दिदा आर्थिक र सामाजिक क्षेत्र उकास्ने गरेको अपेक्षा र आत्मनिर्भरता समेतको लक्ष्य पुरा नहुने हुँदा येसलाइ अझ ब्यवस्थित गर्नु पर्ने कुरा बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
बिज्ञप्तिमा कृषि र भेटनरी सेवालाइ छुट्टाछुट्टै बनाइ गाउँका कृषकलाइ धेरै सुबिधा उपलब्ध गराउन समेत अनुरोध गरिएको छ ।
बिश्वब्यापी महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभोड १९) का कारण बिदेश र सहरबाट युवाहरु गाउ केन्द्रित भइरहेको अवस्थामा बैकल्पिक रोजगारिको रुपमा कृषि र पशुपालन भएको साथै कृषि र पशुपालनलाइ ब्यवशायिक र ब्यवस्थित गर्नको लागी पनि कृषि र भेटनरिलाइ एकीकृत गर्न नहुने संघका अध्यक्ष नारायण प्रसाद देवकोटाले बताउनु भयो ।
देवकोटाले प्रदेश सरकारको गरिवी निवारण गरि निर्यातमुखी कृषि र पशुपालन ब्यवसायलाइ सफल बनाउनको लागी पनि कृषि र भेटनरीलाइ छुट्टाछुट्टै रुपमा संचालन गर्नु पर्ने बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*