कोरोना अपडेट: मकवानपुरमा थप ३४ जनामा संक्रमण पुष्टि

हेटौंडा उपमहानगरपालिकाका थप १६ जना कर्मचारी संक्रमित
छहारी संवाददाता
भदौ ९, २०७७

मकवानपुरमा आज थप ३४ जनामा कोरोना भाइर संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएका ३४ जना मध्ये २ जना हेटौंडामा कार्यरत नेपाल प्रहरी र अन्य १६ जना हेटौंडा उपमहनागरपालिका कार्यलयमा कार्यरत कर्मचारी रहेको जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।  दुइजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछी केही कर्मचारीले मात्र कार्यालय सञ्चालन गर्दै आएका थिए ।

मेयर महतका चालकलाई कोरोना संक्रमण भएपछी उपमहानगरपालिकामा कार्यरत ४८ जना कर्मचारीको स्वाब परिक्षण गरिएको थियो ।

कोरोना संक्रमित हुनेहरुमा २७ जना पुरुष र ७ जना महिला रहेका छन् । हेटौडा–१ मा ५ जना, हेटौंडा–२ मा ६ जना, हेटौंडा–९ मा ३ जना, हेटौंडा–४ मा ६ जना, हेटौंडा–५ मा ५ जना, हेटौंडा–६ मा १ जना, हेटौंडा–१५ मा १ जना, हेटौंडा–१६ मा १ जना, हेटौंडा–१० मा १ जना, हेटौंडा–११ मा १ जना र अरु २ जना प्रहरी कोरोना संक्रमण पुष्टि भएको जनस्वास्थ्य निरिक्षक चौलागाईले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*