हेटौडाको गौरीटार आइसोलेसनका महिला संक्रमितहरुलाई अत्यावश्यक सामग्री सहयोग
हेटौडा उपमहानगरपालिका—६ स्थित गौरीटार आइसोलेसनमा रहेको कोरोना संक्रमितहरुका लागि विभिन्न दाताहरुवाट सहयोग जुट्न थालेको छ ।
यसैक्रममा नेपाल रेडक्रस सोसाइटी मकवानपुर शाखाले आज गौरीटार रंगशालामा संचालित आइसोलेसन वार्डका १३ जना महिला संक्रमितलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । तौली, साबुन, सेनेटरीप्याड, मन्जन, ब्रस, काइयो, लगायत महिलालाई आवश्यक पर्ने सामग्री वितरण गरेको रेडक्रसका मन्त्री खेमराज सापकोटाले जानकारी दिनभयो । आइसाेलेसनमा रहेका १५ जना संक्रमित महिलाहरुलाई १/१ थानकाे दरले स्वास्थ तथा सरसफाइ सामग्री हस्तान्तरण गरिएकाे हाे।
रेडक्रसले आइसोलेसनमा सावुन पानीले हात धुने स्वचालित पानी ट्याङ्की पनि जडान गरिदिएको छ । रेडक्रसले आफुहरुलाई अत्यावस्यक सामग्री सहयोग गरेको भन्दै उनिहरुले खुसी व्यक्त गरेको छन् ।
यसैगरी हेटौंडा उपमहानगरपालिका— १४ का वडा अध्यक्ष दिपक खड्काले २ सय थान मास्क उपलब्ध गराउनु भएको छ । उक्त आईसोलेनसमा अहिले खानपिन र बसाई सहज हुँदै गएको संक्रमितहरु बताउँछन् । अहिले गौरिटार आईसोलेनसमा ९० जना संक्रमित छन ।