कोरोनाका कारण भारतमा ५८ हजार बढिको मृत्यु
कोरोना भाइरस (कोभिड–१९) का कारण भारतमा ५८ हजार बढिको मृत्यु भएको छ । भारतमा कोरोना भाइरसका कारण ५८ हजार ३९० जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् । पछिल्लो २४ घण्टामा ८४८ जनाको मृत्यु भएको छ ।
भारतमा संक्रमित हुनेको संख्या ३१ लाख ६७ हजार ३२४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा ६० हजार ९७५ नयाँ संक्रमित फेला परेका हुन् ।
अहिले भारतमा सात लाख चार हजार ३४८ कोरोना भाइरसका संक्रमित निको हुन बाँकी छन् भने २४ लाख चार हजार ५८५ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।
भारतमा पछिल्लो २४ घण्टामा नौ लाख २५ हजार ३८३ नमुनाको कोरोना भाइरसको परीक्षण गरिएको थियो ।